+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

कांग्रेसले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार टुंग्याउने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १५:४७

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । उक्त बैठकको छलफललाई सेमत आधार बनाएर १७ गते बस्ने पदाधिकारी बैठकबाट उम्मेदवार टुंग्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कास्कीमा एउटा प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको एक/एकवटा  प्रदेश सभासहित अन्य केही ठाउँमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?