Comments Add Comment

फ्रेस रिलिजमा ‘बादशाह जुट’

जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्र ‘बादशाह जुट’ आजबाट देशभर रिलिज भएको छ । चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, केइसा राउत लगायतका कलाकारको अभिनय छ । चलचित्रले दुई पात्रको कथालाई उठान गरेको छ ।

पत्रकारिता र प्रहरी पेशामा लागेर आफूलाई वादशाह सोच्ने दुई यूवकको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्र ‘बादशाह जुट’को व्यापार नायक सुशिल श्रेष्ठका लागि विशेष छ । चलचित्रले मल्टिप्लेक्समा कम शोज पाएको छ । शुक्रबार चलचित्रको व्यापार औषत देखिएको छ ।

लगातार चलचित्र असफल भएपछि निराश भएका सुशिल यो चलचित्रबाट आफू उकासिनेमा विश्वस्त देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment