Comments Add Comment

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको सहज जित

१५ कात्तिक, काठमाडौं । घरेलु टिम न्युजिल्यल्यान्डमाथि इंग्ल्यान्डले सहज जित हात पारेको छ ।

पाँच खेलको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा शुक्रबार न्युजिल्यान्डमाथि इंग्ल्यान्डले ७ विकेटको जित हात पारेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यिान्डले १८.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

इंग्ल्यिान्डका लागि जेम्स भिन्सले ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जोनी बैरस्टोवले ३५ रन बनाउँदा कप्तान इयोन मोर्गनले अविजित ३४ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल साट्नरले तीन विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५३ रन बनाएको थियो । न्युजिल्यान्डका लागि रोस टायलरले ४४, टिम सेफर्टले ३२ र ड्यारिल मिचेलले अविजित ३० रन बनाएका थिए । बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment