Comments Add Comment

नेपाल रिलिज अगावै ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर हुने

प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ कात्तिकको २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । यो चलचित्रले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

यो चलचित्रको नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो ।

हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ ।

यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो ।

चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment