+
+
Shares

छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १३:३२

१५ कात्तिक, वीरगञ्ज । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३८ वर्षका कोल्हवी–२ बस्ने उनीमाथि २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ । बिहीबार पीडित महिलाले प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

‘पीडित महिलाको ०७५ माघमा विवाह भएको रहेछ । घरमा कुरा नमिलेपछि माइतीमै बस्ने गरेकी रहिछन्’ डीएसपी राठौरले भने, ‘त्यही बेला बुवाले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको बयान पीडितले दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?