Comments Add Comment

वाटफोर्डलाई पराजित गर्दै चेल्सी लिगको तेस्रो स्थानमा

Photo Credit : प्रिमियर लिग

१७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टिम वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिसिकको गोलबाट २–० गोलको अग्रता बनायो । ८०औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई २–१ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा गोल नभएपछि खेल चेल्सीले जित्न पुग्यो ।

जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ११ खेलबाट २३ अंक छ । पराजित वाटफोर्ड भने लिगको २०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment