+
+
Shares

नेकपाले छान्यो उम्मेदवार, भक्तपुरमा देवी, धरानमा प्रकाश

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते २१:१०

१७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ (ख) मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एकको नाम सचिवालय बैठकले टुङ्गो लगाए पनि गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ जनाको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटिलाई दिएको छ ।

मंसिर १४ गते विभिन्न ५२ पदको लागि उपनिर्वाचन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?