+
+

नयाँ प्रदेश प्रमुख नियुक्ति आजलाई टर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १९:१९

१७ कात्तिक, काठमाडौं । सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुख तयारी गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक समेत बोलाएका थिए ।

तर मन्त्रिपरिषद्को बैठक अगाडि बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको टुंगो लगाउन सकेन । एक नेता भन्छन्, ‘आन्तरिक छलफल गर्न बाँकी भएकाले नामबारे धेरै कुरा हुन पाएन ।’

लगतै मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?