Comments Add Comment

अन्तरिक्ष यात्रीको जीवनशैली कस्तो हुन्छ ?

अन्तरिक्ष यात्रीहरुको दिनचर्या कस्तो हुन्छ ? कसरी बस्छन् ?

अन्तरिक्षमा बस्न पृथ्वीमा जस्तो सजिलो छैन । अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको शरीर पृथ्वीबासीको जस्तो सन्तुलित हुँदैन । पृथ्वीमा हाम्रो शरीरको भारलाई तल्लो शरीर र खुट्टाहरूले थेगेको हुन्छ । यसरी सन्तुलित हुँदा हाम्रो हड्डी र मांसपेशीहरु बलियो भइराख्छन् ।

तर, अन्तरिक्षमा यसको प्रक्रिया भिन्न हुन्छ । त्यहाँ अन्तरिक्ष यात्रीहरू तैरिन्छन् । तिनीहरूले आˆनो खुट्टालाई धेरै प्रयोगमा ल्याउँदैनन् । तिनीहरूको खुट्टाको तल्लो भाग विस्तारै कमजोर हुँदै जान्छ । खुट्टाको अरु मांसपेशी पनि त्यस्तै हुन्छन् । तिनीहरुको हड्डीहरू कमजोर र पातलो हुँदै जान्छ । यो अन्तरिक्ष यात्रीहरुको लागि नराम्रो पक्ष हो ।

त्यसो भए, अन्तरिक्ष यात्रीहरूले आफ्नो मांसपेशी र हड्डीहरूले गर्ने काम कसरी गर्छन् । या त्यसलाई फिट गर्न कस्तो उपाय अपनाउँछन् त ? नासाका अनुसार तिनीहरूले प्रत्येक दिन अन्तरिक्षमा नै व्यायाम गर्नुपर्छ । अन्यथा पृथ्वीमा आउँदा पनि ती मांसपेशीहरु कमजोर हुनसक्छन् ।

Åदय र रगत पनि अन्तरिक्ष पुगेपछि पृथ्वीमा हुँदाभन्दा परिवर्तन हुन थाल्छ । जब हामी पृथ्वीमा खडा हुन्छौं रगत आफैं हाम्रो खुट्टा तर्फ जाने गर्छ । मुटुले गुरुत्वाकर्षणको विरूद्ध अतिरिक्त काम गरिरहेको हुन्छ । रगतहरु सम्पूर्ण शरीरमा प्रवाह भइरहेको हुन्छ । अन्तरिक्षमा, गुरुत्वाकर्षणले नतान्दा पनि रगतहरु माथिल्लो शरीर र टाउकोसम्म पुग्ने गर्छ ।

शरीरमा पानीले पनि यस्तै गरी काम गर्छ । यसले अन्तरिक्ष यात्रीको अनुहार पोसिलो वा तेजपूर्ण देखिन्छ । रगत र पानी शरीरमा पाइने तरल पदार्थ हुन् । यी तरल पदार्थहरू शरीरको तल्लो भागबाट माथिल्लो भाग तर्फ जान्छन् । पृथ्वीको तुलनामा अन्तरिक्षमा कम तरलपदार्थको आवश्यकता पर्ने गर्छ । त्यसैले पृथ्वीको जस्तै खाना खाँदा पर्याप्त मात्रामा तरल पदार्थ हुने भएकोले मस्तिस्कले शरीरसँग कम तरल पदार्थ निर्माण गर्न भन्छ ।

जब अन्तरिक्ष यात्रीहरू पृथ्वीमा र्फकन्छन्, उनीहरुको शारीरिक प्रणालीमा पर्याप्त तरल पदार्थ हुँदैन । शरीरलाई रगत र पानी बनाउन केही दिन लाग्छ । त्यसैले पृथ्वी फर्किएका अन्तरिक्ष यात्रीहरूले केही दिन आराम गर्नुपर्छ । आराम भएन भने शरीरले निकै कमजोर महसुस गर्ने गर्छन् । कतिपय त पृथ्वीमा आउने बित्तिकै बेहोस पनि हुने गर्छन् ।

अन्तरिक्षमा सफा रहने काइदा

अन्तरिक्षमा, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमाभन्दा धेरै सरसफाइमा ध्यान दिनुपर्छ । सफा रहन अन्तरिक्षमा पनि विविध काम गर्न सकिन्छ । अन्तरिक्षमा, अन्तरिक्ष यात्रीको लागि बाथरूम बनाइएको हुँदैन । उनीहरूसँग आˆनै टुथब्रस, टूथपेस्ट, काइयो, ब्रशहरु र सेभरहरू लैजाने गर्छन् । यसलाई व्यक्तिगत स्वच्छताको कोटीमा राख्ने गरिन्छ ।

अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा जस्तै गरी टुथपेस्ट र टुथब्रसको प्रयोग गर्छन् । तर, उनीहरुले दाँत माझेर सफा कपडामा थुक्ने गर्दछन् ।

अन्तरिक्षमा मानिसहरुले विभिन्न किसिमले नुहाउने गर्छन् । यहाँ जस्तै अन्तरिक्ष यात्रीले पनि विशेष प्रकारका साबुन र स्याम्पुहरुको प्रयोग गर्ने गर्छन् । यी साबुनहरू पखाल्न पानी चाहिँदैन । उनीहरुले होसियारी पूर्वक त्यसको प्रयोग गर्नुपर्छ । नुहाइसकेपछि तिनीहरूले पनि तौलियाको प्रयोग गरेर शरीर सुकाउँछन् ।

घरका कामहरू गरिरहँदा हामीलाई रमाईलो हुँदैन । तरपनि हामीले हाम्रो कोठा र घरहरू सफा राखेकै हुन्छौं । अन्तरिक्षमा पनि उनीहरु एकदम सानो स्थानमा बस्छन् । हामीले पृथ्वीमा गरे जस्तै उनीहरूले आˆनो कोठालाई  सफा राख्नुपर्छ ।

पृथ्वीमा जस्तै त्यहाँ पनि भित्ताहरू, तलाहरू र झ्यालहरू समेत सफा गर्छन् । तिनीहरूले साबुन प्रयोग गर्दछ जसले कीटाणुहरूलाई मार्दछ । खानको लागि उनीहरुले पनि काँटा, चम्चा र खाने ट्रेहरूको प्रयोग गर्ने गर्छन् ।

अन्तरिक्ष यात्रीहरूले फोहोर पनि बाहिर निकाल्नुपर्छ । स्पेस शटलमा चार वटा रद्दीटोकरीका बिनहरू राखिएका हुन्छन् । तीन सुक्खा रद्दीको लागि राखिएका हुन्छन् भने एउटा ओसिलो फोहोरको लागि हुन्छ । भिजेको रद्दी टोकरीबाट त्यहाँ पनि गन्ध आउने गर्छ ।

अन्तरिक्ष यात्रीहरूले खाली स्थानमा भ्याकुम क्लीनर प्रयोग गर्छन् । भ्याकुमको सामान्य नली हुन्छ । यसका अतिरिक्त भागहरू पनि हुन्छन् । यी भागहरूले मानिस पुग्न गाह्रो हुने क्षेत्रमा सफा गर्छ । त्यसले भित्र रहेको धुवाँ र गन्धयुक्त हावालाई फिल्टर गरेर बाहिर पठाउन मद्दत गर्छ ।

नासाले अन्तरिक्षयात्रीहरुको दैनिकीको बारेमा तयार पारेको रिपोर्टको आधारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment