Comments Add Comment

प्रदेश प्रमुख सिफारिसमा माधव नेपाल असहमत

बिष्णु रिजालको प्रश्न-कर्णालीको योग्यता पुग्न केके चाहिन्छ ?

१८ कात्तिक, काठमाडौं । सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । नेपालले नोट अफ डिसेन्ट नै लेख्ने बताएका छन् ।

सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । प्रदीप नेपाल, विश्वकान्त मैनाली, बेदुराम भुसाल, रघुजी पन्त र श्रीमाया थकालीमध्येबाट प्रदेश प्रमुख बनाउन नेपालको प्रस्ताव रहेको स्रोतले जनाएको छ ।

तर आफूले प्रस्ताव गरेका नाममाथि छलफल नै नभएपछि उनी कड्किएको एक सचिवालय सदस्यले बताए ।

उनले आफूले पेश गरेका नाममा कम्तिमा छलफलसम्म होस भन्ने माग गरेका थिए । तर त्यो पनि सुनुवाई भएन । नेपालले नाम प्रस्ताव गर्नुअघि नै पार्टी अध्यक्षद्धय केवी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महासचिव बिष्णु पौडेलले सात जनाको नाम प्रस्ताव गरेका थिए ।

नेता नेपालले आफूसँग परामर्श नै नगरी नाम पेश गरिएको भन्दै यस्तो गर्ने हो भने बैठक किन बोलाएको भन्ने प्रश्न समेत गरेका थिए ।

यो पनि पढ्नुहोस सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

उनलाई प्रचण्डले सम्झाउन खोजे पनि मानेनन् । प्रचण्डले मापदण्ड मिलाएरै नाम पेश भएकाले कसका मान्छे परे परेनन् भनेर नसोच्न आग्रह गरेका थिए । तर उनले प्रदेश प्रमुख नियुक्ति गर्दा सन्तुलन नमिलेको र आफूलाई पेल्न खोजिएको भन्दै नेपालले असन्तुष्टि व्यक्त गरेका थिए ।

नेता नेपालले बैठकको निर्णयमा असहमति जनाएको उनी निकट नेताले बताए । पूर्व माओवादीले पाएका तीन प्रदेश प्रमुखमा रामवहादुर थापा बादल पक्षबाट तिलक परियार पर्दा पूर्व एमालेमा माधव नेपाल पक्षलाई निषेध गरिएकाले पनि नोट अफ डिसेन्ट राख्नु परेको नेपाल पक्षको तर्क छ ।

पूर्वएमालेबाट प्रदेश प्रमुख बनेका सोमनाथ प्यासी, बिष्णु प्रसाईं, धर्मनाथ यादव र गोविन्द कलौनी चारैजना ओली पक्षका हुन् । कलौनी ओली पक्षमा पनि बामदेव गौतम निकट मानिन्छन् ।

‘जसरी पनि माधव नेपाललाई पेल्ने नियत देखियो’ नेपाल पक्षीय एक नेताले भने , ‘यसरी नगरौं बरिष्ठता र सन्तुलन पनि मिलाऊँ भन्दा उहाँको कुरा सुनुवाई भएन । प्रधानमन्त्रीले आफ्नो गुटका ममान्टेहरुलाई राख्नु भयो । व्यक्तिमा भन्दा पनि प्रक्रिया र असुन्तलनप्रतिको असहमति हो ।’

यसैबीच नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई उपेक्षा गरिएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । अन्यत्र मेयर हारेकाको पनि योग्यता पुगेको भन्दै कर्णालीलाई योग्यता पुग्न के के चाहिने हो भनि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment