+
+
Shares

कांग्रेस नेता आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ कात्तिक १९ गते १२:११
Photo Credit : अनलाइनखबर फाइल ।

१९ कात्तिक, रौतहट । १२ वर्ष अगाडि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु हुँदै छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।

आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार मंगलबार अदालतमा पेश गरिएको मिसिलको नक्कलप्रति आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुलाई वितरण गर्ने र आलमसँग बयान लिने काम हुने छ ।

प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको छ । आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुले सो मिसिल अध्ययन गरिसकेपछि अदालतमा थुनछेक बहस सुरु हुने छ । मिसिल धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने हुँदा थुनछेक बहस सुरु हुन पनि केही दिन लाग्ने अनुमान छ ।

पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।

सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।

आलमको तर्फबाट बहस गर्नेहरुको नाम भने अझै एकिन भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?