Comments Add Comment

धरानको मेयरमा साझा पार्टीबाट राजन श्रेष्ठको उम्मेदवारी

२० कात्तिक, धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लािग साझा पार्टीले धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले धरानमा मेयरका लागि सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई उम्मेदवार घोषणा गरे । बुधबार पत्रकार सम्मेलनमार्फत श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको हो ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उम्मेदवार घोषणा गरिसकेको छ ।

धरान उपमहानगरपालिकाका बासिन्दा रहेका श्रेष्ठले आफू मेयरमा निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिकाभित्र दीर्घकालीन खानेपानीको व्यवस्थापन गर्ने बताएका छन् ।

त्यसैगरी बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक कदम चाल्ने बताएका छन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्‍त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment