Comments Add Comment

एमसीसीविरुद्ध सुरुमै दवावमा नेपाल

२१ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध आफ्नो पहिलो पारी थालेको नेपाल सुरुमै दवावमा आएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले पाँच ओभरको समाप्तिमा १८ रन हुँदा नै महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लसँगै शरद भेषवाकर र राजु रिजाल पनि आउट भएका छन् ।

पहिलो ओभरमा नै कप्तान ज्ञानेन्द्र शून्य रनमा आउट भए । त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद पनि चार रनमा आउट भएपछि नेपाल सुरुमै दवावमा आएको थियो । त्यसपछि ओपनर राजु रिजाल पनि व्यक्तिगत ८ रनमा आउट भए ।

लन्च ब्रेकअघि नेपालले ८.३ ओभरमा तीन विकेटको क्षतिमा १८ रन मात्रै बनाएको छ ।

यसअघि एमसीसीले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । पहिलो दिन एसीसीले ३११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । दोस्रो दिन एसीसीले थप ५३ रन बनाउँदा चार विकेट गुमाएको हो ।

एमसीसीका लागि विल रोडसले ७३, यसिर अरापत ६४, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए । सोमपाल कामी र शरद भेषवाकरले पनि समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment