Comments Add Comment

अफगानिस्तानमाथि वेष्ट इन्डिजको जित

Photo Credit : आईसीसी

२१ कात्तिक, काठमाडौं । तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले अफगानिस्तानलाई सात विकेटले पराजित गरेको छ ।

१९५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ४६.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । वेष्ट इन्डिजका लागि रोस्टन चसीले ९४ रन बनाए । त्यस्तै, साइ होप ७७ रनमा अविजित रहे ।

अफगानिस्तानका लागि मुजिब उर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४५.२ ओभरमा सबै विकेटको क्षतिमा १९४ रन मात्रै बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले ६१, इक्रम अलिखिलले ५८ र अस्घर अफगानले ३५ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएका थिए ।

बलिङतर्फ वेष्ट इन्डिजका ज्यासन होल्डर, रोमारियो शेर्फड र रोस्टन चसीले समान २-२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment