Comments Add Comment

दराजको ११.११बाट बढीभन्दा बढी फाइदा कसरी उठाउने ?

२२ कात्तिक, काठमाडौं । आउँदो नोभेम्बर ११ अर्थात कात्तिक २५मा दराजले आफ्ना ग्राहकका लागि उत्कृष्ट छुट अफरसहितको ११.११ क्याम्पियन सञ्चालन गर्दैछ । संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ हुने दिन र अफरका रुपमा ख्याति कमाएको ११.११लाई दराजले दोस्रोपटक नेपालमा सञ्चालन गर्दैछ ।

दराजका व्यवसायिक निर्देशक टेम्पल प्याकुरेल ११.११मा यो वर्ष गत वर्षभन्दा बढी अफरहरु हुने बताउँछन् । ग्राहकका लागि धेरै क्याटेगोरी, उत्पादक र विकल्पहरु हुने भएकाले ११.११मा ग्राहकले ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ ।

गत वर्ष दराजले ११.११ चलाउँदै भर्खरै सिस्टम ‘माइग्रसेन’ गरको समय परेकाले पनि केही समस्या देखिएका थिए, यसवर्ष त्यस्तो समस्या आउन नदिन सबै किसिका प्र्रयत्न गरिएको दराजको भनाइ छ ।

यो वर्ष ग्राहकलाई सकेसम्म्म सस्तोमा सामान दिन दराजले प्रणालीमार्फत र जनशक्ति लगाएरै पनि मूल्यमा ‘सिग्नीफिकेन्ट कन्ट्रोल’ गरेको छ । त्यसैले ११.११मा अपेक्षित रुपमा धेरै सामानहरु सस्तोमा किन्न पाइने कम्पनीको दावी छ ।

११.११मा ८० प्रतिशतसम्म छुट अफरहरु हुने दराजले बताएको छ । तर, यसलाई सबै सामान र उत्पादनहरुमा ८० प्रतिशत नै छुट हो भनेर नबुझिदिन कम्पनीले आग्रह गरेको  छ ।

‘११.११मा सबै सामानहरुको मूल्यमा छुट हुन्छ भन्ने छैन, तर ३ लाखभन्दा बढी सामानमध्ये हजारौं सामानमा बेस्ट डिस्काउन्ट अफरहरु हुन्छ,’ प्याकुरेल भन्छन्,’एउटा मलभित्र मेला लाग्दा सबै पसलमा छुट नभएजस्तै केही विक्रेताले दराजको प्लेटर्फममा पनि मूल्य नघटाइदिन सक्लान्, तर धेरैले छुट दिने भएकाले सामानहरु कम्प्यारिजन गरेर किन्नु भए राम्रो हुन्छ ।’

स्टक आउट गर्न र अर्जेन्सीमा परेका विभिन्न सेलर्सहरुले ८० प्रतिशसतसम्म छुट दिने भए पनि दराजमा सबै सामानमा यस्तो छुट मिल्ने हो भनेर अपेक्षा नराखिदिन र अफरहरु आफैंले हेरेर र बुझेर सामान खरिद गर्न प्याकुरेलले आग्रह गरे ।

दराजभित्र कुनै आईटममा छुट नै रहनेछ भने पनि त्यसलाई सेलर्सको आत्मनिर्णयका रुपमा बुझ्न कम्पनीले आग्रह गरेको छ ।

यो वर्ष ११.११मा सामसुङ, साओमी, क्यानन, टाइटन, होमग्लोरी, बाल्ट्रा, एडिडास, नाइकी, गोल्डस्टार, क्यालिबर लगायतका दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चीरपरिचरत ब्रान्डहरु पनि सहभागी हुँदैछन् । ११.११मा दराजले कुनै न कुनै क्याटेगोरीमा केही न केही विशेष ग्राहकले पाउने गरी अफहररु ल्याइने बताएको छ ।

कसरी गर्ने स्मार्ट सपिङ ?

दराजको ११.११मा सहभागी हुनेबारे धेरै ग्राहक अन्योलमा छन् । कारण हो, धेरै अफरहरु हुँदा त्यसमध्ये कुन राम्रो हो भन्ने पत्ता लगाउन गाह्रो पर्ला कि ? तर, दराजका अनुसार त्यस्तो अवस्था हुँदैन ।

कम्पनीले विभिन्न कम्पनी र सेलर्सका बेस्ट अफरहरुलाई अनलाइनको ब्यानरमै ‘रिकमेन्ट’ गर्नेछ । दराजको अनलाइन प्लेटर्फममा आउनासाथै कम्पनीले त्यस दिनका उत्कृष्ट अफहरु ग्राहकलाई विभिन्न तबरबाट प्रस्तुत गरिदिन्छ ।

सर्च गरेर पनि अफरहरुको विस्तृत विवरण हेर्न सकिन्छ । दराजले ग्राहकले खोजेको खालका सामानहरु पनि त्यसको तल देखाइदिन्छ । जसले गर्दा ग्राहकलाई अफरहरुको फाइदा उठाउन अझ सजिलो हुनेछ । ग्राहकले आफूले चाहेको ब्रान्डको खोजेको जस्तो अफरहरु हेरेर अर्डर गर्न सक्छन् ।

कम्पनीले सामान र अफरहरु खोज्न सजिलो होस् भनेर उत्पादनपिच्छेको फरक क्याटेगोरीहरु दिएको हुन्छ । जस्तै कसैलाई मोबाइल फोन किन्नु छ भने मोबाइल फोनभित्र गएर स्पेसिफिक ब्रान्डहरुमा कस्ता-कस्ता अफर छन् भनेर विस्तृतमा हेर्न सक्छन् ।

एपमा यस्ता अनेक किसिमका एल्गोरिदमहरु छन्, जसले ग्राहकलाई सामान छान्ने बेलमा सहजता प्रदान गर्छन् । रिलिभेन्ट सर्चहरु देखाएर सजिलो बनाइदिन्छ । यसले ग्राहकको अमूल्य समय पनि बचाउँछ ।

११.११ मा छुटबाहेकका अरु अफरहरु पनि हुन्छ । जसलाई ग्राहकले फाइदाका  रुपमा उपयोग गर्न सक्छन् । कुनै सामान किन्नुअघि सेलर्सले ‘भौचर’ अफर गरेको छ कि भनेर हेर्दा बढी फाइदा उठाउन सकिन्छ । जस्तै कुनै ५ हजारको सामान किन्दै हुनुहुन्छ भने सेलर्सले ८ हजारको किन्दा १० प्रतिशत छुटको अफर गरेको हुन सक्छ । यस्तो अवस्थामा तपाईंलाई त्यस्तो अफर ‘बेस्ट’ हुन सक्छ ।

यस्तै ११.११मा मा राति १२ बजे नै दराजमा गएर एउटा लिमिटमा सपिङ गर्नुभयो भने कम्पनीले विभिन्न आकर्षक अफरहरु गर्नेछ । ११.११मा पहिलो समयमै आउने ग्राहकलाई ‘फि्र सिपिङ’ सुविधा दिने कम्पनीको योजना छ । यसबाहेक पनि छुट अफरहरुबाट बढी फाइदा लिन सकिनेछ ।

कतिपय अवस्थामा भेन्डहररुले पनि फि्र सिपिङको अफर गरेका हुन्छन्, त्यस्ता अफरमा पनि ग्राहकले ध्यान लगाउनुपर्छ । ग्राहकले आफूले किन्ने प्रोडक्टमा भौचर र सिपिङ अफर गरेको छ/छैन हेर्दा यस्तो अफरबाट बढी लाभ लिन सकिन्छ ।

यस्तै ग्राहले आफूले अर्डर गरेको सामानको ‘एस्पेक्टेड डेलिभिरी टाइम’ कति हो त्यो पनि ध्यान दिनुपर्छ । पछि ढिला डेलिभरीको भयो भनेर गुनासो गर्नुभन्दा सुरुमै डेलिभिरी टाइम अनुमानित कति हुन्छ भनेर दराजमै राखिएको समायवधि हेरेर कन्र्फम हुनुपर्छ ।

ग्राहकले डेलिभरी टाइमलाइन मात्रै हैन, बन्डल किन्दा सस्तो पर्ने वा एउटा किन्दा अर्को सित्तमा पनाउने लगायतका अफरहरुलाई ध्यान दिन सक्छन् ।

दराजमा फ्ल्यास सेलहरु पनि हुन्छन् । कुनै अफर विहान १० बजेको लागि मात्रै आईरहेको हुन्छ । कसैले कुरेरै फ्लयास सेल अफरमा सामान किन्न सक्छ ।

दराजले ‘दराज मल’ भनेर छुट्टै अफर पनि गर्छ । यो ‘दराज मल’भित्र कम्पनीले निकै ‘जेन्युन’ ब्रान्डहरुको सामान राख्छ, यो भित्र सामान किन्दा अरु सेलर्ससँग लिदा जस्तो ठगिन्छु कि भनेर डराउनै पर्दैन । किनभने दराजले विभिन्न ब्रान्डका आधिकारिक विक्रेताहरुसँग सम्झौता गरेर नै ‘दराज मल’भित्र सामान राख्छ । यसभित्र मूल्य मात्रै नभएर सर्भिस, वारेन्टी लगायतका कुरा ब्रान्डले दिने बाराबरकै सुनिश्चित गरिएको हुन्छ ।

‘दराज मल’भित्र किनिएको सामान पूर्ण रुपमा जेन्युन ब्रान्डको सक्कली हो भनेर कम्पनीले प्रत्याभूत गरहेको हुन्छ । यसमा डेलिभरी पनि छिटो हुन्छ भने १४ दिनको रिर्टन पोलिसी पनि लागू भएको हुन्छ । कसैलाई ‘दराज मल’ भित्रबाट किनिएको सामान ‘जेन्युन’ लागेन वा मन परेन भने १४ दिनभित्रै फिर्ता गर्न सक्छन् ।

सपिङ गर्दा धेरैलाई गुणस्तर र मूल्यमा आशंका हुन्छ, अफलाइन वा अनलाइन दुबै मोर्केटमा यो आशंका भइरहन्छ । एउटै सामान पसलपिच्छे फरक मूल्यमा विक्री भइरहेको हुन्छ । कुनै चित्त नबुझे अर्को पसलमा गएर चित्त बुझ्दो मूल्य लिएर सामान किन्ने गरिन्छ । दराजभित्र पनि ग्राकलाई यस्तो ‘अप्सन’ हुन्छ । दराजभित्र राखिएका सामान कति मूल्यमा बेच्ने भन्ने सेलर्सको लागत र इच्छामा भर पर्छ, त्यसैले एउटै सामान पनि दराजभित्रै सेलर्सपिच्छे फरक-फरक मूल्यमा बेचेको हुन सक्छ ।

त्यसैले आफूले किन्न लागेको सामान अन्य सेलर्सको तुलना गरे किन्दा फाइदा हुन्छ । दराज आफैंले सेलर्सले राख्ने सामानको मूल्य नियन्त्रण गर्न नसक्ने भएकाले ग्राहक आफैं सचेत हुनुको विकल्प हुन्न ।

गुणस्तरको सवालमा भने ग्राहकले सेलर्स र प्रोडक्टको ‘रेटिङ रिभ्यु’ हेर्न सक्छन् । दराजमा धेरैजसो सामानको ‘रेटिङ रिभ्यु’ हुन्छ । जमा यसअघि सोही सामान किनिसकेका ग्राहकले सामान कस्तो छ भनेर स्टार दिएका हुन्छन् भने त्यसबारे फोटोसहितका कमेन्टहरु पनि आएका हुन्छन्, जसलाई हरेर पनि सामान कस्तो होला भनेर अनुमान गर्न सकिन्छ । ८० प्रतिशत बढीले राम्रो भनेको सामान रहेछ भने त्यसमा धेरै शंका गर्नुपर्दैन । त्यसमाथि सामान किनेपछि मन परेन भने पनि ७ दिन भित्रै फिर्ता गर्न सक्ने विकल्प ग्राहकसँग छँदैछ ।

ग्राहकले आफूले किन्ने सामानबारे आस्वस्त हुन, दराजकै प्लेटर्फमबाट सिधै सेलर्ससँग च्याट गर्न सक्छन् । सेलर्ससँग सामनको फोटो माग्न सक्छन्, आफूलाई आश्यक पर्ने साइज र आफ्नो उचाई र तौल बताएर सुझाव लिन सक्छन् । सेलर्ससँग च्याट गर्न समेत पाइने भएकाले दराजबाट सामान किन्दा गुणस्तर र अन्य कुरामा विश्वस्त बन्न सहज हुन्छ । यदि च्याटमा सेलर्सले रिप्लाइ गरेन भने दराजले नै सेलर्सलाई सचेत बनाउँछ ।

दराजले आफ्ना सेलर्सलाई जिम्मेवार बनाउन विभिन्न किसिमबाट सेवाका आधारमा ‘स्कोरिङ’ गरिरहको हुन्छ । समयमै सामान दराजलाई दिएको छ/छैन, स्टक आउट अपडेट समयमै गरेको छ/छैन, अर्डर क्यान्सिल गरेको छ/छैन लगायतका ग्राहकलाई असर पर्ने सेलर्सका कामहरुको मूल्यांकन गरेर दराजले सेलर्सलाई निश्चित स्कोर दिन्छ । स्कोर कमजोर भएमा सेलर्सलाई दराजले विभिन्न लिमिटेसनहरु दिन्छ । यदि सेलर्सलाई ३ पटकसम्म चेतावनी दिँदा पनि सुधार भएन भने सिस्टमबाट निस्त्रिmय गरिदिन्छ ।

डेलिभरीको अवधि

दराजले ११.११लाई लक्षत गरेर डेलिभरीलाई द्रुत बनाउने योजना बनाएको छ । तर, एकैपटक ठूलो अर्डर आउने भएकाले नियमित डेलिभरी भन्दा केही ढिलो हुन सक्ने कम्पनी बताउँछ । अर्डर गरेपछि डेलिभरी हुन लाग्ने समय कति हो भनेर ग्राहकले अर्डर गर्दाकै समयमा हेरेमा ढिला भएका कारण मर्का पर्ने अवस्था आउने छैन ।

सकेसम्म प्रतिवद्धता भन्दा ढिलो नहोस् भनेर कम्पनीले ५ सयभन्दा बढी डेलिभरी राइडर्सहरु राखेको छ ।

यस्तै सेलर्सले अर्ड भएको सामान छाड्ने हबको संख्याहरु पनि बढाएको छ । जसका  कारणबाट दराजको सामान घर-घरमा पुर्‍याउने गरी जिम्मा लिएका लजिस्टिक तथा कुरियर कम्पनीले छिटो-छिटो सामान ग्राहकसम्म पुर्‍याउन सक्छन् ।

कम्पनीले आफ्नो ‘वेयर हाउस’को क्षमता बढाउने देखि हबहरुको क्षमता बढाउने काममा यो वर्ष निकै धेरै काम गरेको व्यवसायिक निर्देशक प्याकुरेलले बताए ।

‘हामीले सकेसम्म छिटो सामान डेलिभरी गर्ने गरी संयन्त्र तयार गरेका छौं, सेलर्सलाई पनि अर्डरअनुसार सामान जतिसक्दो छिटो दिनसक्ने गरी तयर राखेका छौं, त्यसका लागि भेटरै, बैठक गरेर, एमएमएस पठाएर अनेक तहरबाट ११.११का लागि पूर्ण रुपमा तयार राखेका छौं,’ प्याकुरेलले भने,’अर्डर लिनेमा त्रौ हैन, सामान डेलिभरी गर्ने कुरालाई पनि चुस्त बनाएका छौं । कहिलेकाँही ग्राहकको फोन नलाग्ने, नउठाइदिने लगायतका समस्याहरु पनि हुन्छन् । तर, हाम्रोतर्फबाट हुनुपर्ने शतप्रतिशत प्रयासहरु इमान्दारीपूर्वक गर्छौं ।’

कुनै सामान अर्डर गरेपछि डेलिभरीका लागि गएका लजिस्टिक कम्पनीका प्रतिनिधिलाई ग्राहकले ‘खोलेर हेरेर चित्त बुझेपछि मात्रै पैसा तिर्छु’ भन्न नपाउने दराजले बताएको छ । डेलिभरी गर्ने व्यक्ति थर्डपार्टी कम्पनीमार्फत गएको हुने स्पष्ट गर्दै दराजले सामान चित्त नबुझे ७ दिनभित्र नजिकैको दराजको हबमा लगेर फिर्ता गर्न सक्ने बताएको छ ।

पेमेन्ट र रिफन्ड

दराजमा सामान किन्दा डेलिभरीपछि नगदमै रकम भुक्तानी गर्ने सुविधा छ । त्यसबाहेक बैंक कार्डमार्फत प्रि -पेमेन्टको सुविधा पनि छ ।

विदेशमा बस्नेहरुले कार्डबाट रकम पे गरेर आफ्ना अफन्तहरुलाई दराजमार्फत घरसम्म डेलिभरी दिलाउन सक्छन् । आफन्त तथा साथिभाईलाई उपहार दिन धेरैले विदेशबाटै कार्डमार्फत सपिङ गरिरहेको हुन्छन् ।

यदि सामान लिएर नगद नै भुक्तानी गरेको हो भने फिर्ता भएको सामानको अवस्था जाँच गरेर दराजले ३-४ दिनभित्रै दिनभित्रै ग्राहकको बैंक एकाउन्ट वा भौचरमार्फत रकम फिर्ता गरिदिन्छ । तर, कार्डबाट गरेको भुक्तानीमा सामान फिर्ता हुन एक सातासम्म लाग्न सक्ने व्यवसायिक निर्देशक प्याकुरेल बताउँछन् ।

‘हामीले त सामान फिर्ता हुनासाथै कार्ड पेमेन्ट गरेकाहरुको रकम फिर्ता गर्न प्रक्रिया थाल्छौं । तर बैंकिङ प्रणालीमा हुने विभिन्न मल्टिपल चेकहरुका कारण त्यो आफैं ढिला भइदिन्छ,’ प्याकुरेलले भने,’कार्डमार्फत सामान किनेर फिर्ता हुँदा रिफन्ड हुन समय लाग्यो भने त्यसलाई ग्राहकले सामान्य रुपमा लिइदिनुपर्छ ।’

यदि पहिलोपटक भौचरमार्फत रकम फिर्ता भएपछि फेरि आउने सामान पनि चित्त नबुझे भौतिक रुपमा नगद नै फिर्ता दिन नसकिने कम्पनीले बताएको छ, यस्तो अवस्थामा ग्राहकले फेरि सोही मूल्य वा सो भन्दा बढीको अर्को सामान लिनुपर्छ र भुक्तानी टुंग्याउनुपर्छ । भौचरबाट हुने रिफन्ड भने ३-४ दिनमै गर्न सकिने दराजले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment