Comments Add Comment

२० लाख डलर तिर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतको आदेश

२२ कात्तिक, काठमाडौं । आफ्नो नामको परोपकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा न्युयोर्कको अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

सन् २०१८ मा बन्द भएको डोनाल्ड जे ट्रम्प फाउन्डेसनले राष्ट्रपति ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरेको अदालतले ठहर गरेको छ ।

न्यायाधीश सालियान स्कार्पलाले ट्रम्प र उनका तीन छोरीहरुले सञ्चालन गरेको परोपकारी संस्थाले राजनीति गर्न नपाउने आदेश दिएकी छन् । उनले ट्रम्पले उक्त रकम फिर्ता गर्नुपर्ने आदेश पनि दिएकी छन् ।

न्यायाधीश स्कार्पलाले ट्रम्पले यो रकम तिर्नुपर्ने र उनीसँग सम्बन्ध नभएका ८ वटा परोपकारी संस्थामा जानुपर्ने आदेश दिएकी छन् । ट्रम्पले अमेरिकी पूर्वसैनिकका लागि रकम संकलन गरेर सन् २०१६ को आफ्नो चुनावी अभियानमा खर्च गरेको पनि आदेशमा भनिएको छ ।

यो मुद्दा ट्रम्पले यो रकम तिरेपछि मात्र टुंगिने बताइएको छ । न्युयोर्ककी महान्यायाधीवक्ता लतिता जेम्सले ट्रम्प फाउन्डेसनको निर्देशक रहेका डोनाल्ड ट्रम्पका छोराहरु डोनाल्ड ट्रम्प जुनियर, इरिक ट्रम्प र छोरी इभान्कालाई अनिवार्य रुपमा तालिममा पठाउनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment