+
+
Shares

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा 

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १६:५७

२२ कात्तिक, जनकपुरधाम । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?