Comments Add Comment

हवाई सुरक्षामा नेपालले ठोस प्रगति गरेको ईयूको स्वीकारोक्ति

कालोसूचीबाट हटाउनेबारे मौन

Photo Credit : रासस

२२ कात्तिक, काठमाडौं । नेपाली वायूसेवालाई यूरोप उडानमा ७ वर्षदेखि रोक लगाएको यूरोपेली युनियनले पछिल्लो समयमा नेपालको हवाई सुरक्षामा ठोस सुधार आएको स्वीकारेको छ ।

नेपाल र यूरोपेली युनियनको शुक्रबार काठमाडौंमा सम्पन्न संयुक्त आयोगको वैठकमा उसको यस्तो स्वीकारोक्ति आएको हो । नेपालको हवाई क्षेत्रलाई कालोसुचीबाट हटाउने विषयमा भने युनियनले कुनै प्रतिवद्धता जनाएको छैन ।

वैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘(नेपालमा) हवाई क्षेत्र सुधारतर्फ गरिएका ठोस प्रयत्नहरुलाई ईयूको पक्षले स्वीकार गरेको छ । सँगसँगै प्राविधिक र नियमनको तहमा पर्याप्त सुधारको आवश्यकतालाई पनि दोहोर्‍याएको छ । दुवै पक्ष सहकार्य गर्न तयार भएका छन् । खासगरी, इयूले यस क्षेत्रमा नेपालको संस्थागत क्षमता अभिवृद्धिका लागि प्राविधिक सहायता उपलब्ध गराउने प्रस्ताव पुन राखेको छ ।’

हवाई सुरक्षासम्बन्धी विभिन्न मापदण्ड पूरा नगरेको भन्दै नेपालको वायूसेवालाई ईयूले सन् १९१३ मा कालोसूचीमा राखेको हो । त्यसयता नेपाली बिमान यूरोप उड्न पाएका छैनन् । पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै इयूको कालोसूचीबाट हट्ने दावी हालै गरेका छन् ।

नेपाल र युरोपेली युनियनको संयूक्त आयोगको ११ औं वैठकमा वैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए । यसैगरी युनियनको नेतृत्व ईयूका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका एसिया प्रशान्त उप प्रवन्ध निर्देशक पाओला पाम्पालोनीले गरेका थिए । आयोगको अर्को वैठक सन् २०२० मा ब्रसेल्समा बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment