Comments Add Comment

बंगलादेशका राष्ट्रपति मंगलबार काठमाडौं आइपुग्ने

२३ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वंगलादेशका राष्ट्रपतिले पोखरा र काठमाडौं ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment