+
+
Shares

फेसबुक विरुद्ध आफ्नै कर्मचारीहरुले लगाए जातीय विभेदको आरोप, फेसबुकले माफी माग्यो

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७६ कात्तिक २३ गते १६:५०

पछिल्लो समय फेसबुक माफी माग्ने मामिलामा निकै अगाडि छ । कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक पटक माफी माग्दै आएको छ ।

यहीँ मेलोमा फेसबुकले फेरि एकपटक माफी मागेको छ । यो पटक चाहीँ आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेका हो ।

सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत आफुहरुमाथि जातीय रुपमा विभेद भएको गुनासो गरेसँगै फेसबुकले माफी मागेको हो । फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरुमाथि जातिय रुपमा भेदभाव हुने गरेको ती कर्मचारीहरुको गुनासो छ ।

फेसबुकको कर्पोरेट सञ्चार विभागका उपाध्यक्ष बेर्टी थोम्सनले विज्ञप्तीमा भनेका छन्, ‘फेसबुक मात्र होइन कहीँ कतैपनि कसैलाई यस्तो व्यवहार सैह्य हुन सक्दैन । हामी दुखी छौँ । यो व्यवहार एउटा कम्पनीको रुपमा हामीले राख्ने मान्यता भन्दा विपरित हो । हामीले निरन्तर गुनासोहरु सुन्दै सुधारका लागि कडा मेहेनत गरिरहेका छौँ ।’

फेसबुकका ती वर्तमान तथा पूर्व कर्मचारीहरुले आफ्ना ब्लग पोष्टहरुमा फेसबुकमा काम गर्दा म्यानेजरहरु, जनसम्बन्ध व्यवसायिक साझेदार तथा गोरा सहकर्मीहरुबाट हुने व्यवहार सम्बन्धी आफ्ना अनुभव लेखेका थिए ।

साथै उनीहरुले ब्लग पोष्टमा आफूहरुले नाम नखुलाउनुको कारण समेत उल्लेख गर्दै फेसबुकमा गोरा बाहेकका कर्मचारीहरुले आफ्नो गुनासो सुनाउँदा आफ्नो जागिरको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका छन् । फेसबुकमा जिम्मेवारी, मूल्यांकन तथा समीक्षाका विषयमा गोरा र अन्य वर्णका कर्मचारीहरुबीच समता नभएको पनि उनीहरुले बताएका छन् ।

साथै उनीहरुले फेसबुक कम्पनीमा काम गरिरहँदा आफुहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पुगेको पनि उल्लेख गरेका छन् । फेसबुकका हाकिहरु तथा मानवश्रोत विभागका प्रतिनिधिहरुबाट हुने उपेक्षा, खराब तथा आक्रामक व्यवहारका कारण आफुहरुको शारीरिक तथा मानिसक स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको र काम गर्नै नसक्ने वातावरणको सिर्जना भएको उनीहरुको भनाई छ ।

फेसबुकमा अन्याय हुँदाहुँदै पनि आफुहरुसँग श्रोतको अभावमा फेसबुक विरुद्ध कुनै कदम चाल्न नसक्ने अवस्थामा रहेको पनि ती कर्मचारीहरुले बताएका छन् । फेसबुकमा आन्तरिक रुपमै समस्यामा परिरहेको बेला बाह्य रुपमा समेत समस्या पर्ने जोखिम उठाउन आफुहरुले नचाहेको उनीहरुको भनाई छ ।

 

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?