+

आयोजक सयपत्री सेमिफाइनलमा

२०७६ कात्तिक  २३ गते १८:२३ २०७६ कात्तिक २३ गते १८:२३
आयोजक सयपत्री सेमिफाइनलमा

२३ कात्तिक, बुटवल । आयोजक सयपत्री युवा क्लब चौथो सयपत्री गोल्डकप नकआउट फुटबलका सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा पाल्पा ११ लाई लाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पाल्पाका सुस्मित केसीले २० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिएका थिए । तर यो अग्रता जोगाउन सकेन ।

पहिलो हाफको अन्त्यतिर सयपत्रीका सूर्य थापाले बराबरी गोल गरे । खेलको ८४ औ मिनेटमासरोज योन्जनले विजयी गोल गरे । खेलमा उनी म्यान अफ दी म्याच घोषित भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय