Comments Add Comment

एशियन एमेच्योर चेस च्याम्पियनसिप सुरु

२३ कात्तिक, काठमाडौं । मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप सुरु भएको छ । नेपाल बुद्धिचाल संघले आयोजना गरेको प्रतियोगिताको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरिन् । बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् ।

कार्तिक २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित एसियाका १५ देशका १०० खेलाडीले सहभागित जनाउँदै छन् । नेपालबाट आधिकारिक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्सर् उपाधी विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी प्रत्येक राष्ट्रबाट आधिकारीक रुपमा दुई खेलाडीमात्र सहभागी हुनेछन् भने अन्य खेलाडीहरुले खुल्ला रुपमा आफूलाई प्रतिस्पर्धीका रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारिक खेलाडी सहित ७० खेलाडीहरुको सहभागिता छ ।

स्विस लिग प्रणाली अनुरुप ९ चरणसम्म क्लासिक तथा ब्लिज दुई फर्म्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेट मास्टर उपाधिसहित १५ सय डलर तथा महिलातर्फ विजेताले उमन क्यान्डिडेट मास्टरको उपाधिसहित ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुषतर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७५० डलर प्राप्त गर्ने छन् । महिलतर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपमा क्लासिकतर्फ ३७ र ब्लिजतर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment