+

चेल्सीको लगातार छैटौं जित

२०७६ कात्तिक  २३ गते २०:५६ २०७६ कात्तिक २३ गते २०:५६
चेल्सीको लगातार छैटौं जित

काठमाडौं । चेल्सीले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ । २०१६-१७ को उपाधि जितेको सिजनपछि पहिलो पटक लगातार छैटौं जित हात पारेको चेल्सी लिगको दोस्रो सथानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ भने बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै टामी अब्राहमले गोल गरे । ७९ औं मिनेटमा पुलिसिकले गोल गरेपछि चेल्सीको जित पक्का भयो ।

जितसँगै चेल्सीको १२ खेलबाट २६ अंक भएको छ र म्यानचेष्टर सिटीलाई उछिनेको छ । यद्यपि २५ अंक जोडेको उसले एक खेल कम खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय