Comments Add Comment

श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

२४ कात्तिक, काठमाडौं । श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोलुखुम्बुमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

घटनाबारे सूचना पाएलगत्तै घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय सोताङको टोलीले शिवलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ । शिवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment