+

अफगानिस्तानविरुद्धको सिरिज वेष्ट इन्डिजलाई

२०७६ कात्तिक  २४ गते १४:०३ २०७६ कात्तिक २४ गते १४:०३
अफगानिस्तानविरुद्धको सिरिज वेष्ट इन्डिजलाई

२४ कात्तिक, काठमाडौं । अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इन्डिजले जितेको छ ।

दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै वेष्ट इन्डिजले एक खेलअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ४५.४ ओभरमा सबै विकेटको क्षतिमा २०० रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि नजिबउल्लाह जाड्रानले ५६ रन बनाए । त्यस्तै, रहमत शाहले ३३ र मोहम्मद नावीले ३२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४७ रन बनाएका थिए । उसका लागि निकोलस पुरनले ६७, इभिन लेविसले ५४ र साई होपले ४३ रनको योगदान दिए । बलिङतर्फ नभिन उर हकले तीन विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय