Comments Add Comment

खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

२४ कात्तिक, बझाङ । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छन् ।

खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भीरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आइतबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment