+
+
Shares

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार उपाध्यायलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १५:४०

जनकपुरधाम । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिने भएको छ ।

विद्यापति पुरस्कार कोष जनकपुरधामले आइतबार मैथिली भाषाका महाकवी विद्यापतिको नामबाट स्थापित पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो । जसअनुसार २ लाख नगद राशी रहेको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषा रघुनाथपुरका उपाध्यायलाई प्रदान गरिनेछ । सुदामा चरित्र नामक मैथिली खण्डकाब्यका लागि उनलाई यो पुरस्कार दिन लागिएको कोषले जनाएको छ ।

यस्तै विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई र विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई दिइने भएको छ । पण्डितले कालो सूर्य नामक नेपाली भाषाको उपन्यास मैथिली भाषामा अनुवाद गरेका छन् ।

नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार जनकपुरधामका पत्रकार उपेन्द्रभगत नागवंशीलाई दिइने भएको छ भने नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने भएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गरिने कोषका सदस्य सचिव नविनकुमार मिश्रले जानकारी दिए । चार वटै पुरस्कारको राशी रु १ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?