Comments Add Comment

भारतीय नक्साबारे प्रधानमन्त्रीले मोदीसँग कुरा गर्नुपर्छ : कांग्रेस नेतृ संग्रौला

२४ कात्तिक, बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग वार्ता गर्नुपर्ने बताएकी छन् ।

आइतबार बुटवलमा रिपोर्टस् क्लब प्रदेश ५ ले गरेको कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आँखा जुधाएर कुरा गर्न सक्नुपर्ने धारणा राखेकी हुन् ।

‘अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन, स्वयं प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बीच वान टू वान वार्ता हुनुपर्छ’ नेतृ संग्रौलाले भनिन् ।

भारतले केही दिनअघि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसमा नेपाली भूमि पारेको भन्दै नेपालमा चर्को विरोध भइरहेको छ ।

सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजीर बसालेको भन्दै उनले संविधान लागू गर्ने विषयलाई राजनीतिक प्रतिशोध बनाउन नहुने धारणा राखिन् ।

नेकपाकीे केन्द्रीय सदस्य सीता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सीमा विवाद थप पेचिलो भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment