+
+
Shares

भारतबाट ल्याइएका अवैध २० बाख्रा नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १५:३८

२४ कात्तिक, जनकपुरधाम । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २० वटा बाख्रा महोत्तरीबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका ८ बिसनपुरबाट ती बाख्राहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको बाख्रा भिठामोड भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?