+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

महिला भलिबलमा अफगानिस्तानमाथि नेपालको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १५:४२

२४ कात्तिक, काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

बंगलादेशको ढाकामा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको हो ।

अरुणा शाहीको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपालले पहिलो खेलमा नै राम्रो सुरुवात गरेको छ ।

नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?