Comments Add Comment

घिउकुमारी : स्वास्थ्य र सौन्दर्यका लागि

बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन् । त्यसैगरी आयुर्वेदिक औषधीहरु पनि छ्यापछ्याप्ती छन् । यस्ता उत्पादनमध्ये कतिपयमा लेखिएको हुन्छ, एलोभेरा । एलोभेरा अर्थात घिउकुमारी ।

चाहे सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि, उपयोगी वनस्पति हो यो । जो कोहीको घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन सकिने वनस्पति पनि ।

आजभोलि सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा घिउकुमारी प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्यालाई ठिक गर्न सहयोग गर्छ । जबकि घिउकुमारी प्रयोग गर्नका लागि हामीले बजारमा निर्भर हुनैपर्दैन । थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ ।

घिउकुमरीलाई आयुर्वेद विज्ञानमा धेरै पहिले देखी नै विभिन्न खालका स्वास्थ्य समस्याहरुको उपचरका लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ ।

घिउकुमारीमा के पाइन्छ ?  

–यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।

–यसको काँडायुक्त पातहरुलाई काटेर जेल निकालेर बिहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।

–टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी धेरै नै लाभदायक हुन्छ ।

–यसले रगतको कमीलाई हटाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाउँछ ।

–आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

–यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।

–यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment