Comments Add Comment

ट्र्याक्टर र टिपरको ठक्करबाट जलेश्वरमा २ जनाको मृत्यु

२५ कात्तिक, महोत्तरी । जिल्लाको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको छ ।

जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका नौ वर्षीय छोरा राजकुमार मुखियालाई शनिबार साँझ लु २ त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २, अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफको टिपरको ठक्करबाट निधन भएको छ । ना १ क ९६८३ नंको टिपरको ठक्करबाट गम्भीर घाइते उनको जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment