Comments Add Comment

माइतीघरबाट पक्राउ परेका २० जनामा वसुन्धारा विष्फोटका अभियुक्त पनि

२५ कात्तिक, काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा प्रदर्शन गरेपछि पक्राउ परेका विप्लव समूहका २० जनामा वसुन्धरा विष्फोटका आरोपित पनि रहेको खुलेको छ ।

प्रहरीले आइतबार माइतीघरमा विद्यार्थीको नाममा आयोजित आन्दोलनमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पनि घुसपैठ गराइएको भन्दै २० जना नेता, कार्यकर्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये अछामको पञ्चदेवल गाउँपालिका-२ का छत्र कार्की वसुन्धारा विष्फोट प्रकरणका फरार प्रतिवादी भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ

यसअघि १३ जेठमा समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र वसुन्धारामा भएको ‘आत्मघाती’ विष्फोटमा परेर पार्टीकै ४ जना मारिएका थिए । ज्यान गुमाउनेमा विभुराम भनिने दिपेश विक, गोकुल राना मगर, निरन्तर मल्ल र प्रज्वल शाही थिए ।

पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विप्लव समूहले विरोध प्रदर्शन कार्यक्रम राखेको थियो ।

विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो । त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment