+
+
Shares

राष्ट्रपति समक्ष चारदेशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १८:०४

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका, अर्जेन्टिना, प्रजातान्त्रिक जनगणतन्त्र लाओस र बहराइनका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाका प्रमाणपत्र पेश गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच नेपालका लागि श्रीलंकाकी आवासीय राजदूत हिमाली सुवासिनी डे शिल्भा अरुनाटिलका, अर्जेन्टिनाका गैरआवसीय राजदूत डानियल चुबुरु, लाओसका गैरआवसीय राजदूत बाउनेमे चोङ्होम र बहराइनका गैरआवसीय राजदूत अब्दुलाह रहमान मोहमद अहमेद अल गाउडले आ–आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?