Comments Add Comment

नेपालले क-कसलाई तिर्‍यो तीन महिनामा साढे ६ अर्ब ऋण ?

२६ कात्तिक, काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुग्न आँटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको थियो । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण चुक्ता गरिएको छ ।

कतिपय द्विपक्षीय तथा बहुपक्षीय दाताको साँवासमेत भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कुल तिरेको ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँमध्ये ४ अर्ब १३ करोड ८० लाख रुपैयाँ ब्याजको भुक्तानी र २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ सावाँ हो ।

सरकारले तीन महिनाको अवधिमै आन्तरिक ऋणको ब्याज भुक्तानीका लागि ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको साँवा भने यस अवधिमा तिरेको छैन ।

तर, वैदेशिक ऋणतर्फ भने सरकारले २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । ५४ करोड ३४ लाख रुपैयाँ भने ब्याज भुक्तानी गरेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै भुक्तानी एसियाली विकास बैंकलाई

सरकारले तीन महिनाको अवधिमा तिरेको बैदेशिक ऋणको ठूलो हिस्सा एसियाली विकास बैंकको छ । यस बैंकको १ अर्ब २३ करोड १७ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ ।

विश्व बैंक समूहको इन्टरनेसनल डेभलपमेन्ट एशोसिएन (आईडीए)लाई ७२ करोड ३७ लाख ८१ हजार रुपैयाँ साँवा भुक्तानी दिइएको छ ।

यस्तै, संयुक्त राष्ट्रसंघ मातहतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को ९२ लाख ९८ हजार ७ सय २३ रुपैयाँ भुक्तानी गरिएको छ ।

पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको संगठन अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष -ओएफआईडी)को ५ करोड ९३ लाख ८६ हजार रुपैयाँ साँवा भुक्तानी भएको छ ।

देशतर्फ भने जापानको १४ करोड १७ लाख र प|mान्सको १ करोड ७२ लाख रुपैयाँ साँवा भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment