Comments Add Comment

क्यानडामा हिमालयन तेक्वान्दो एकेडेमीलाई १५ स्वर्णसहित ४८ पदक

काठमाडौं । क्यानडामा आयोजित तेक्वान्दो च्याम्पियनसिप-२०१९ मा हिमालयन तेक्वान्दो एकेडेमीका विद्यार्थीहरुले १४ स्वर्णपदक हात पारेका छन् ।

नोभेम्बर ८ र ९ मा सस्काच्युयन तेक्वान्दो फेडेरेसनले आयोजना गरेको क्यानेडियन आईटीएफ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा एकेडेमीले कूल ४८ पदक जितेको छ । जसमध्ये १५ स्वर्ण, १६ रजत र १७ कास्य पदक एकेडेमीले हात पारेको छ ।

एकेडेमीका तर्फबाट प्रसुन शर्मा, प्रसिद्धि कंडेल र गिब्सन ढकालले २र२ स्वर्ण पदक हात पारे ।, जोनिस चौधरी, आर्यन भट्टराई, प्रद्योतन निरौला, अनुप घिमिरे, आरुष उप्रेती, प्रसुभ अधिकारी, रिकेश पुरी, सुभम अधिकारी र स्पन्दन गौतमले १र१ स्वर्ण जिते ।

गणेश बोहरा, जेम्स चौधरी र विवेक तिम्सिनाले २र२ रजत पदक जितेका छन् भने अवि सिंह, अरिक पौडेल, आरम्भ खरेल, रिकेस पुरी, आदित्य अधिकारी, आयुस ओझा, जेनिसा चापागाईं र विवश लामिछाने एकरएक रजत दिलाए।

यस्तै, शशांक भण्डारी, रियाज अर्याल, अनुप रसाइली र प्रवेश पौडेलले २र२ काँस्य पदक जितेका छन् । एरिक पौडेल, आरुष उप्रेती, आरम्भ खरेल, अवि सिंह, आदित्य अधिकारी, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, स्पन्दन गौतम, जेनिस चापागाईं र अनुप घिमिरेले एकरएक काँस्य पदक जितेका छन् ।

स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको प्रतियोगितामा ४५० खेलाडी सहभागी थिए ।

हिमालयन एकेडेमी राजु गड्तौला र हुमन गौतमले तीन वर्ष अघिदेखि सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा अहिले नेपाली मूलका ८० भन्दा बढी विद्यार्थी प्रशिक्षणरत छन् ।

एकेडेमीमा अहिले नेपालीभाषी विद्यार्थी मात्र रहे पनि आगामी दिनमा अन्य समुदायका खेलाडीलाई पनि समावेश गराइने प्रशिक्षक राजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment