+
+

बङ्गलादेशका राष्ट्रपति हमिद भक्तपुरमा

रासस रासस
२०७६ कात्तिक २६ गते १६:५२
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्दै । तस्वीरहरु : रत्न श्रेष्ठ/रासस

२६ कात्तिक, भक्तपुर । चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायतको अवलोकन गरे ।

सो अवसरमा उनले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाचलगायतको अभिरुचिका साथ अवलोकन गरेका छन् ।

हेलिकप्टरबाट सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय अवतरण गरेका राष्ट्रपति हमिद दूधपाटी हुँदै भक्तपुर दरबारस्क्वायर पुगेका थिए । त्यहाँ उनलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।

राष्ट्रपति हमिदले सकिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गरे । भ्रमणका क्रममा उनले त्यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानीसमेत गरे ।

राष्ट्रपति हमिदसँगै उनकी पत्नीसहितको टोली नेपालको ऐतिहासिक पर्यटकीय नगरी भक्तपुरको अवलोकन गर्न यहाँ आएको हो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले राष्ट्रपति हमिदलाई भक्तपुरको कला र संस्कृतिबारे जानकारी गराएका थिए । उनलाई भक्तपुरको जुजु धौले स्वागत गरिएको थियो भने प्रसिद्ध मयूरको झ्याल उपहार प्रदान गरियो । राष्ट्रपति हमिदका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र सहभागी थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?