+
+
Shares

स्पेनका लागि नेपाली राजदूत शेर्पाले सम्हालिन् कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते ८:००

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले कार्यभार सम्हालेकी छन्। म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले मंगलबार कार्यभार सम्हालेकी हुन्।

दूतावासले मंगलबार एक सूचना जारी गरी राजदूत शेर्पाले कार्यभार सम्हालेको जनाएको छ ।

यसअघि स्पेनको राजदूतका रूपमा भरतबहादुर रायमाझी कार्यरत थिए। गत जनवरीमा नेपाल सरकारले उनलाई फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए । फुटीले कार्यभार सम्हालेसँगै नौ महिनापछि दूतावासले नेतृत्व पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?