Comments Add Comment

कार्तिक र मेरो जोडी सुन्दर छः अनन्या पाण्डे

बलिउड नायक कार्तिक आर्यन र नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और ओ’ रिलिजको तयारीमा छ । यो चलचित्रमा भूमि पेड्नेकारको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

रिलिज मिति नजिकिदै गर्दा अहिले कलाकारहरु चलचित्रको प्रचारमा व्यस्त छन् । एक अन्तरवार्तामा नायिका पाण्डेले नायक आर्यनको खुलेर प्रशंसा गरेकी छिन् । उनले कार्तिक एकदमै केयरिङ रहेको बताएकी छिन् । उनले भनिन्–‘कार्तिक सहयोगी मान्छे हुन् । उनले धेरैलाई सहयोग गरिरहेको हुन्छन् । उनले अरुको केयरिङ गरिरहेको पनि मैले देखेकी छु ।’ कार्तिकसँग काम गर्दा निकै रमाइलो भएको अनन्याले बताइन् ।

अनन्याले कार्तिक र आफ्नो जोडी सुन्दर देखिने दाबी समेत गरिन् । उनले भनिन्–‘हामी एक अर्कालाई राम्रोसँग चिन्छौ । त्यसैले पनि केमेष्ट्री मिलाउन हामीलाई सजिलो हुन्छ । पर्दामा हाम्रो जोडी सुन्दर देखिन्छ ।’

केही समय अगाडिसम्म कार्तिक र अनन्याको प्रेम चर्चा पनि चलेको थियो । तर, उनीहरुले भने यो कुरामा केही पनि प्रतिक्रिया दिएका छैनन् । कार्तिकसँग नजिक भएकी नायिका सारा अली खानसँग भने कार्तिकको ब्रेकअप भएको समचार आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment