+
+
Shares

अलफ्ट काठमाडौंमा काश्मिरी फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १९:३८

२७ कात्तिक, काठमाडौं । शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले नोभेम्बर १२ देखि काश्मिरी स्वादिष्ट भोजन फेस्टिभल सुरू भएको छ । यो नोभेम्बर २४ सम्म चल्नेछ ।

कास्मिरी क्वाजाइनका लागि उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले काश्मिर फ्लेबरले भरिपूर्ण मेन्यू पेश गर्ने होटलले जनाएको छ ।

फ्लेबर अफ काश्मिर फेस्टीभल नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले डिसीएल तथा भारतीय दूतावासका वरिष्ठ सदस्यहरुको साथमा काठमाडौंका कूटनीतिक र व्यापारी समुदायका लागी आयोजीत विशेष रिसेप्सन डिनरमा उद्घाटन भएको छ ।

फेस्टिभलमा फ्लेबर अफ काश्मिरमा काश्मिरी क्विजीन पेश गरिनेछ जसमा प्रत्येक भोजनहरु शेफ रैनाको अथेन्टिक अफरिङ्गको एक्सटेन्सीभ मेन्यूबाट चयन गरिनेछ । जसमा तपाईले आफुलाई मनपर्ने पुरानो स्वादहरु तथा केहि नयाँ भोजनहरुको आनन्द सक्ने होटलले जनाएको छ ।

सबै मेन्यूका आईटमहरु शेफ सञ्जय रैना, अलफ्ट काठमाडौं ठमेलका कार्यकारी शेफ शैलेन्द्र सिंह र टिमले तयार गर्नेछन् । भारतमा तथा विश्वभर प्यारडाइज अन अर्थले प्रख्यात काश्मिर प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न नभएर उत्कृष्ट भोजनहरुको धरोहर पनि हो ।

काश्मिरी संस्कृति क्विजीन मार्फत प्रदर्शन गर्ने उद्देश्यले, कार्यकारी शेफ शैलेन्द्र सिंहले शेफ रैनाका साथ एक्जोटिक ग्वरमेन्ट भोजनको अनुभव लिन चहानेहरुका लागि स्वादिष्ट क्वीलिनेरी मेन्यू विकास गरेका हुन् । शेफ रैना र उनको टिम यो इभेन्टका लागि दिल्लीबाट नेपाल आएका हुन् ।

अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर बिक्रम सिंहले काश्मिरको अथेन्टिक फ्लेबरहरु नेपाल ल्याउन पाउँदा खुसी लागेको बताए । ‘शेफ रैना विश्वभरका हाई–इन्ड स्टेट डिनर र फुड फेस्टिभलमा अविस्मरणीय भोजन अनुभव प्रदान गर्नेे मेन्यूहरु विकास गर्न परिचित छन् । जब हामीले काश्मिरी फुड फेस्टिभल आयोजना गर्ने निर्णय गर्यौं तब हामीलाई हाम्रो भान्छामा कस्को प्रतिभा पेश गर्ने भन्ने बारेमा कुनै प्रश्न नै थिएन ।’ उनले भने–‘फेस्टिभलमा आउने कुनैपनि फुडीले शेफ रैनाको कुकिङ प्रतिको माया र प्यासनलाई तुरुन्तै बुझ्नेछन् ।’

स्वादिष्ट भेजिटेरियन स्टाटर, डिभाइन मेन कोर्ष र डिलेक्टेबल डेजट सहित फ्लेबर अफ काश्मिर फुड फेस्टिभल १२ नोभेम्बरदेखि २४ नोभेम्बरसम्म होटलको सम्पूर्ण डाइीनङमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?