+
+

दराजको ११.११ भयो सबैभन्दा ठूलो सेल, तोडियो रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १९:४७

२७ कात्तिक, काठमाडौं । दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापुर्वक पुरा गरेको छ । दराजले पुरानो वर्षकै रेकोर्ड तोड्दै यसपाली १.५ लाखभन्दा बढी समानहरुको व्यापार भएको बताएको छ । जसमध्ये ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेका छन् ।

यसपालीको ११.११ दराजले नेपाल भरी २४भन्दा बढी शहरहरुबाट अर्डर पाएको छ । त्यसका साथ दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन, पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । साथै सेलको बेला दराजको वेबसाइटमा ५२ लाख ३३ हजार ३४४ पेज भ्यु थियो ।

यसपालीको ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५० हजारभन्दा बढी उपभोक्ता थिए । सबैभन्दा बढी व्यापार गर्ने ब्रान्डहरुमा शायोमी, सामसङ, एलजी, आडीडास, टाइटन, टीभीएस, सोनामगियर्स, जे फिशर, र अन्य धेरै थिए ।

अभियान सुरु भएकै १-२ सेकेन्ड भित्रैमा अर्डर आउनु र एक घण्टामा ८ हजारभन्दा बढी अर्डरका साथ अझै धेरै रेकर्डहरु यस वर्ष तोडियो ।

११.११को मज्जा लुट्न नपाउनु भएका लागि दराजमा अझै कति बिक्रेताहरुले छूटको अफरहरु चलाइरहेका छन् र जो आफ्नो अर्डरलाइ कुरिराखेका छन् ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो चोटी ११.११ आयोजना गरेको थियो । अलिबाबाले यसपालीको ११.११ मा ३८ अरब डलरभन्दा बढीको व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?