Comments Add Comment

सुदूरपश्चिममा सात वडाध्यक्षका लागि २२ जनाको उम्मेदवारी

२७ कात्तिक, डोटी । मंसिर १४ गते हुने उपनिर्वाचनका सुदूरपश्चिम प्रदेशमा सात वडाध्यक्षका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।

कञ्चनपुरको पुनर्बास नगरपालिका–३ को वडाध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । नेकपाका कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएका छन् ।

बैतडी जिल्लाको तीन वडामा उपनिर्वाचन हुँदैछ । सुर्नया गाउँपालिका–१ को अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।

यस्तै पुरचौंडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी परेको छ ।

बैतडीकै दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवार िदर्ता गराएका छन् । नेकपाबाट रामवहादुर बोहरा, नेपाली कांग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्षका लागि नेकपाबाट धनेशबहादुर खड्का र कांग्रेसबाट वीरबहादुर बोहराको उम्मेदवारी परेको हो ।

यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ को वडाध्यक्षका लागि नेकपाबाट मनराज बुढा, कांग्रेसबाट खगेन्द्र चदारा र राप्रपाबाट मीनबहादुर ढोलीको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment