+

१० वर्षपछि पाकिस्तानले घरेलु मैदानमा खेल्ने भयो टेष्ट

२०७६ कात्तिक  २८ गते १४:४९ २०७६ कात्तिक २८ गते १४:४९
१० वर्षपछि पाकिस्तानले घरेलु मैदानमा खेल्ने भयो टेष्ट

२८ कात्तिक, काठमाडौं । पाकिस्तानले २००९ पछि पहिलो पटक घरेलु मैदानमा टेष्ट खेल्ने भएको छ । डिसेम्बरमा श्रलिंकाविरुद्ध दुई टेष्ट म्याच घोषणा भएसँगै पाकिस्तानमा टेष्ट म्याच पक्का भएको हो ।

१० वर्षअघि लाहोरमा श्रीलंकन क्रिकेट टिमको बसमा आक्रमण भएपछि पाकिस्तानले घरेलु मैदानमा टेष्ट खेलेको छैन । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी र दुई सार्वसाधारणको मृत्यु भएको थियो भने श्रीलंकन टिमका एक सदस्य घाइते भएका थिए ।

अहिले हुन लागेको पाकिस्तान र श्रीलंकाको खेल भने विश्व टेष्ट च्याम्पियनसिप अन्तरगत हुन लागेको हो । पहिलो टेष्ट रावलपिण्डीमा ११ देखि १५ डिसेम्बरमा हुनेछ भने दोस्रो कराचीमा १९ डिसेम्बरबाट सुरु हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय