Comments Add Comment

बालबालिका पनि मधुमेहको जोखिममा, कसरी बच्ने ?

अहिलेको जीवनशैलीका कारण हरेक १० जना व्यक्ति मध्ये १ जनालाई मधुमेहको समस्या रहेको पाइन्छ । मधुमेहको समस्या केवल ठुला व्यक्तिहरुलाई मात्र नभएर साना बच्चाहरुलाई पनि धेरै देखिन थालेको छ । केहि बच्चाहरुलाई त मधुमेहका समस्या जन्मेदेखि नै हुन्छ ।

वास्तवमा मधुमेहका हुनु कुनै ठुलो अथवा आत्तिनु पर्ने कुरा होइन तर समयमा नै ध्यान दिनु आवश्यक छ । हालसालै गरिएको एक अध्ययन अनुसार स्कुल जाने उमेरका बालबालिकाहरुमा मधुमेहको समस्या एक प्रतिशत हुने गरेको पाइन्छ । हालसालै भारतिय अभिनेत्री पि्रंयका चोपडाका  श्रीमान निक जोनसले पनि आफु सानो हुँदा मधुमेहको चमेटामा आएको कुराको खुलासा गरेका छन् । उनी १३ बर्षको हुँदा उनलाई मधुमेह भएको थियो ।

आँखा र मिर्गौंला नराम्रो असर

बालबालिकाहरुमा मधुमेह हुनुको प्रमुख कारण आनुवांशिक हो । यसबाहेक खराब जीवनशैली र खानपानले पनि बालबालिकामा टाइप-१ र टाइप-२ मधुमेहको खतरा बढ्छ । बालबालिकामा हुने मधुमेहले आँखा र किड्नीमा नराम्रो असर पार्ने भएका कारण यो एक चिन्ताको बिषय बनेको छ ।

कस्ता बालबालिकामा मधुमेह हुने खतरा धेरै हुन्छ ?

-आनुवांशिक अथवा परिवारको सदस्यमा पहिला नै मधुमेहको समस्या हुनु ।

-जुन बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

-मोटो बालबालिकामा पनि यसको खतरा धेरै हुन्छ ।

-चिनी, चक्लेट र मिठाई धेरै मात्रामा सेवन गर्ने बालबालिकालाई मधुमेह हुने सम्भावना बढि हुन्छ ।

मधुमेयका शारीरिक गतिविधिमा कमी हुने कारणले पनि यसको खतरा बढ्छ ।

बालबालिकामा मधुमेहको लक्षण

मधुमेहका कारण बालबालिकामा सुगर लेभल असामान्य रुपले बढ्छ, जसका कारण विभिन्न लक्षणहरु देखा पर्छ ।

-धेरै प्यास लागछ ।

-धेरै भोक लाग्छ ।

-बालबालिका थाकेको अनुभव गर्छन् र सुस्त हुन्छन् ।

-बिना कारण शरीरमा कम्पन हुनु ।

-वजन कम हँदै जानु ।

-धमिलो देख्न थाल्नु

-चोटपटक लाग्दा घाउ निको हुन समय लाग्नु आदि ।

यदि यी लक्षणहरु देखा परेमा आफ्ना बालबालिकाहरुलाई तुरुन्त जाच गर्नु पर्छ ।

बालबालिकामा मधुमेहको उपचार

मधुमेहले पीडित भएका बालबालिकालाई इन्सुलिन थेरापी दिईन्छ । प्रायः रोग पत्ता लागेको पहिलो वर्षमा बालबालिकालाई इन्सुलिन कम मात्रामा दिइन्छ,जसलाई हनीमून पीरियड भनिन्छ । विशेष गरेर सानो बच्चालाई राति इन्जेक्शन दिँइदैन,तर उमेर बढ्दै गएपछि राती पनि इन्सुलिन शुरु गरिन्छ ।

मधुमेहलाई पूर्ण रुपमा निको पार्न त सम्भव हुँदैन तर यसलाई नियन्त्रण गर्न सकिन्छ । यदि बालबालिकामा मधुमेहको समस्या देखियो भने उनीहरुको हेरचाह कसरी गर्ने भन्ने बारेमा केही जानकारी ।

-शरीरमा इन्सुलिनको पूर्ति हुनु नै मधुमेहको विशेष उपचार हो, त्यसैले समयमा इन्सुलिन लिनु पर्छ ।

-समयमा ब्लड सुगर टेस्ट गराइरहनु पर्छ र त्यहि हिसाबले इन्सुलिनको मात्रा घटबढ गराउनु पर्छ ।

-समयमा नै खाना खाने बानी बसाल्नु पर्छ, साथै पौष्टिक आहार खुवाउनु पर्छ ।

-रिफाइन्ड कार्बोहाइड्रेट, सुगर, मिठाई, मैदाको रोटी, पेस्ट्री, सोडा र जंक फूडहरु खान दिनु हँुदैन ।

-बालबालिकालाई पर्याप्त पानी पिउन लगाउनु पर्छ । उनीहरुलाई सोडा, जूस अथवा स्क्वाइस जस्ता डि्रंकहरुबाट टाढा राख्नु पर्छ ।

-बालबालिकालाई नियमित व्यायाम गर्ने बानी बसाल्नु पर्छ ।

-उनीहरुलाई इन्डोर भन्दा आउटडोर गेम खेल्नको लागि प्रोत्साहित गर्नु पर्छ ।

– मधुमेह भएको बारेमा आफ्नो बच्चाको स्कूल टीचर, साथीहरुलाई जानकारी दिनु पर्छ, जसले उनीहरुले परेको समयमा उसको सहयोग गर्न सकुन् ।

– अभिभावकले पनि समय-समयमा सुगर टेस्ट गराइरहनु पर्छ ।

आफ्नो बालबालिकालाई मधुमेहलाई नियन्त्रण गरेर नै उनीहरुाई खुलेर बाँच्न सहयोग हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ । मधुमेह भयो भन्दैमा आफ्ना बच्चालाई अरु भन्दा भिन्न व्यवहार गर्नु हुँदैन, किनभने उनीहरुलाई पनि सामान्य जिन्दगी बाँच्ने अधिकार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment