+
+
Shares

शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड-२०१९

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १८:५३

२८ कात्तिक, काठमाडौं । सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड(२०१९ बाट प्रथम भई सम्मानित भएको छ।

एनएस क्वालिटी अवार्ड-२०१९ नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी वितरण गरिन्छ।

निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन गरी विक्रि वितरण गर्ने उद्योगलाई सम्मान स्वरुप प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। एनएस क्वालिटी अवार्ड-२०१९ सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ।

विभागले बालाजुमा आयोजना गरेको कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर उपस्थित थिए।

अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई हस्तान्तरण गरिएको थियो। क्वालिटिको मामलामा नो कम्प्रोमाइज भन्दै देशको विभिन्न ठूलो राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले ओपिसी सिमेन्ट मात्र उत्पादन गर्छ। सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?