+
+
Shares

अबको बाटो बेरोजगारी अन्त्य : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते ११:१४

२९ कात्तिक, भक्तपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताएका छन् ।

भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताए ।

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उनले अपिल गरे ।

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे ।

सभामा नेकपा उम्मेदवार ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?