Comments Add Comment

निरुताको फर्किएको मुस्कान

यो बर्षको वैशाख २० गतेबाट रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’को प्रचारका क्रममा नायिका निरुता सिंह उपस्थित हुन सकिनन् । डेंगु लागेपछि मुम्बइमा नै उपचार गराउनु परेपछि निरुता आफ्नो मुख्य भूमिका रहेको चलचित्रको प्रचारमा नै उपस्थित हुन पाइनन् ।

निरुता डेंगु रोगबाट थलिएपछि लामै समय उपचारमा रहिन् । केही दिन अगाडि विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा निरुता सहभागी हुन आएकी थिइन् । निरुता आफूले अर्को जन्म पाएको बताउँदै थिइन् । निरुताले चलचित्र रिलिजको क्रममा आफू उपस्थित हुन नपाएपनि दर्शकले दिएको मायाबाट निकै खुशी भएको बताइन् ।

राम्रो चलचित्रको अफर आएको खण्डमा काम गर्ने निरुताले बताइन् । निरुताले ‘क्याप्टेन’को एक गीत र ‘नाई नभन्नु ल ५’मा केमियो भूमिका निर्वाहा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment