Comments Add Comment

बम त के पटका समेत पड्काएको छैन : आलम

२९ कात्तिक, काठमाडौं । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्‍याएका छन् ।

जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’

राजपुरमा बम विस्फोटको घटना नै नभएको उनको दाबी छ ।

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरे । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ उनले भने ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment