
२९ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ बाट शुक्रबार दिउँसो उनलाई २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सिराहाकै धनगढीमाई नगरपालिका १४ बस्ने ५० बर्षीय रामबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । उनलाई सोही इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4