Comments Add Comment

कटारीमा यामाहाले संचालन गर्‍यो नयाँ शोरुम

२९ कात्तिक, काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ यही कात्तिक २७ गतेबाट कटारीमा आफ्नो एक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले बाइक छनौट गर्ने धेरै विकल्पहरु पाउनेछन् ।

शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री पि्रयँका कार्कीबाट गरिएको थियो भने साथमा अन्य चिरपरिचित अतिथिहरु जनकपुर उप-महानगरपालिकाकी उप-मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स -सेल्स, सर्भिस र स्पेयर पार्टस्) का साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।

‘कटारीमा यामाहाको उच्च शृँखलाका मोटरबाइकहरु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरुमको संचालनसँगैं हाम्रा ग्राहकहरुलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं ,’ उक्त अवसरमा बिक्री प्रमुख प्रकाश बाबु देवकोटाले भने ।

नेपालमा यामाहा बाइकहरु अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक-अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन -एफआइ) र एबिएस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।

मोरङ अटो वक्र्स नेपालमा सन् १९७५ देखि यामाहाको साथमा संचालित छ र यसको उत्पादनहरुको सूचीमा अब रे जेड विथ युबिएस, फेसिनो युबिएस, रे जेडआर डिस्क, रे जेडआर स्टि्रट र्‍याली युबिएस, स्यालुटो ड्रम युबिएस, स्यालुटो डिस्क युबिएस, एसजेड-आरआर, एस-जेड आरआर एसइ, एफजेड १६-एफआइ, एफजेडएस-एफआइ, एफजेडएस एफआइ डिडि, एफजेडएस एफआइ भि३, एफजेड २५, डुवल एबिएस, एफजेड २५ मोटो जिपि ड्वेल एबिएस, एमटि १५, आर १५ भि ३ एबिएस, एक्सटिजेड १२५, फेजर २५ र आर १५ भि ३ मोटोजिपि जोडिएका छन् र नेपालमा यी बाइकहरुले आफ्नो उत्कृष्ट स्थान कायम गरेका छन् । यसका अलावा देशभर हाम्रो २०० भन्दा धेरै आधिकारिक सर्भिस केन्द्रहरु रहेका छन् जसले गर्दा ग्राहकहरु आफूलाई पायक पर्ने सर्भिस सेन्टर पुग्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment